ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनको मूल्य तोलाको ९९ हजार ३००

२०७७ सावन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारका पहेंलो धातु  सुनको मूल्यले शुक्रवार पनि नयाँ उचाई कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा बिहीवारको तुलनामा रू. ३०० ले वृद्धि भएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार ३०० मा कारोबार भइरहेको छ । यसैगरी  तेजावी सुनको मूल्य पनि प्रतितोला रू.९८ हजार ८६५  मा कारोबार भइरहेको छ ।

शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।


उता चाँदीको मूल्य भने प्रतितोला रू.२५ घटेर रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।गत बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार रहेको थियो  भने तेजावी सुनको मूल्य प्रतितोला रू.९८ हजार ५६० रहेको थियो ।

सुनको मूल्यमा निरन्तर भइरहेको वृद्धि कहिले गएर स्थिर हुन्छ भन्ने यकिन नभएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपाली बजारमा सुनचाँदीको मूल्य पूर्णतया अन्तरराष्ट्रिय बजारमा निर्भर हुने भएकाले सोही अनुसार मूल्य निर्धारण हुने गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्