ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यकाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि        

२०७७ सावन, १६  
समाचार
Image Not Found

साउन १६, काठमाडौं । काठमाडौं उपत्यकाका १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनको परीक्षणबाट शुक्रवार बिहानमात्र थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।     
     
प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् ।

उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्