ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न पायो अनुमति

२०७७ सावन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन १६ गते स्वीकृती पाएसँगै सर्वसाधारणका लागि उक्त कम्पनीको आईपीओ विक्रीमा आउने भएको हो । 

उक्त कम्पनीले अब ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ  । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १२८ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १४ करोड ९६ लाख सञ्चित गरेको छ । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८२ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १६ जनालाई रू. १ करोड ६७ लाख दाबी भुक्तानी गरेको छ भने एक जनालाई रू. १० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा रू. ८६ करोड ९८ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीले बीमा लेखको धितोमा राखेर रू. ९ करोड ७१ लाख कर्जा प्रवाह गरेको छ । 


 

प्रतिक्रिया [2]
User Image

Ramram

[Jul 31, 2020 09:06am]

Rating 4 matra kina auchha IPO ma ?


User Image

Jeewan khaling

[Jul 31, 2020 08:23am]

Market ma 140 ma bikeko bela paliyo k garnu ta


प्रतिक्रिया दिनुहोस्