ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक सातामा ५ ओटा कम्पनीको ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत

२०७७ सावन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  एक सातामा पाँच ओटा कम्पनीको ४ करोड ५० लाख १४ हजार ६८५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको छ । पाँच ओटा कम्पनीको बोनस शेयर आईपीओ सूचीकृत भएको हो ।

 सिटीजन्स बैंकले सहयोगि विकास बैैकलाई एक्विजिशन गरेपछि सिटीजन्स बैंक इन्टरनेशलको नामबाट र मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्विजिशन गरेपछि मेगा बैंकको नामबाट शेयर सूचीकृत भएको हो । 

यसैसाता अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ र महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पनि सूचीकृत भएको छ ।

त्यस्तै आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा मर्जरमा गएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ । 


 

  स्रोत : नेपाल स्टक एक्सचेञ्ज

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्