ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो

२०७७ सावन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १६, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको शुक्रवार जानकारी दिइएको छ ।

गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना संक्रमित अवस्थामा रहेका छन् ।
  
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना संक्रमित अवस्थामा नै रहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा  ५७ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ । 

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना संक्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ । रासस/एएनआइ  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्