ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाका कारण ५६ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १९७७१ पुग्यो

२०७७ सावन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । नेपालमा शुक्रवार थप २२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना संक्रमणका कारण पछिल्लो पटक मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाका कारण ५६ जनाको मृत्यु पुष्टि भएको छ ।गत २४ घण्टामा डिस्चार्ज भएका व्यक्तिहरुको संख्या १५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रमित मध्ये ७२ दशमलव ८ प्रतिशत निको भएर घर फर्किएका छन् । हाल आईसोलेशनमा ५ हजार ३१६ जना  रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा१२ हजार १११ जना रहेका छन् । हालसम्म कुल डिस्चार्ज हुने व्यक्तिको संख्या १४ हजार ३९९ पुगेको छ ।

प्रवक्ता गौतमले समुहमा बस्ने व्यक्तिहरुको हकमा कोरोना संक्रमण उच्च जोखिम पुष्टि भइसकेको बताए । यसको पुष्टि प्रहरी प्रधान कार्यालयमा रहेका सुरक्षाकर्मीको समुहलाई कोरोना संक्रमण भएबाटै पुष्टि हुने पनि उनले बताए ।

उनले मास्कको प्रयोग नगर्ने २ लाख जनालाई हालसम्म कारवाही गरिसकिएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्