ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

२०७७ सावन, १६  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, म्याग्दी । पश्चिम म्याग्दीको बाढी पहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ ।

धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका -७ बिम र बेनी नगरपालिका-२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान पुरिदिए पछि खानेपानीको चरम समस्या देखिएको हो ।

गत असार २६ गते बिहान आएको पहिरोले गाउँ नजिकै रहेको पानीको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ । 

पहिरोले बस्ती भित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त पारेपछि तत्काल पाइपको अभाव र मुहान समेत पहिरोले पुरेपछि शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ । पीडितहरु आकाशे पानी संकलन गरी पिउन बाध्य छन् ।

पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घरबाहिर आकाशे पानीका लागि गाग्री थाप्नु परेको छ । पहिरोले बस्ती नजिकै रहेको पानीको मुहान, पाईपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजना सहित मर्मत गर्न समय लागने वडा सदस्य तिलकुमारी केसीले बताइन् । 

घरघरमा रहेको पानीका धारामा पानी आउन छोडेपछि सरसफाई, लुगा धुन समेत समस्या भएको स्थानीयको भनाइ छ । वडाभित्र करीब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २०२ घर उच्च जोखिम र ४० घरपरिवारले विस्थापित जिवन बिताइरहेका छन् । 

मालिका गाउँपालिका–७ बिममा समेत पहिरोले २ करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ । 

बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ ट्यांकीमा पुर्‍याएर करीब १५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि स्थानिय खोल्साखोल्सीको पानी पिउन बाध्य छन् । 

बिमको बाइनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षति र ७० घर पहिरोको उच्च जोखिममा छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्