ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुलेखानी जलविद्युत् आयोजनाबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

२०७७ सावन, १६  
समाचार
Image Not Found

साउन १६, मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जानकारी दिएको छ । 

आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ । 

इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८ दशमलव ५२ पानीको सतह थियो भने शुक्रवार अपराह्न ४ बजेसम्ममा १५१८ दशमलव ३५ सतहसम्म मात्र पानी रहेको छ । 

बिहीवारको तुलनामा शुक्रवार १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए । 

कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कुल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जानकारी दिएको छ । 

कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले बताए । 

वर्षात्का पानीबाट इन्द्रसरोवर जलासयमा पानीको सतह भरिएपनि विद्युत् उत्पादनको लागि नियमित तीन ओटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पन्न नहुने पनि जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्