ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकामा १४ लाखले मागे बेरोजगार भत्ता

२०७७ सावन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १६, वासिङटन डीसी । अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ । 

कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुले अमेरिकामा सरकारसँग बेरोजगार भत्ता माग्ने गरेका छन् । बेरोजगार भत्ता माग्नेहरुको संख्या हरेक हप्ता लाखौँ हुने गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

रोजगारी खोसिएकाले बेरोजगार भत्ता दावी गर्नेहरुको संख्या थपिदै गएको तथ्यांकमा देखिएको छ । कोरोना भाइरसको संक्रमण कतिपय ठाउँमा थप फैलिन थालेपछि केही राज्यहरुले व्यापार व्यवसाय पुनः शुरु गर्ने योजनालाई स्थगित गरेका छन् । 

बेरोजगारीको संख्या अमेरिकी इतिहासमा आर्थिक मन्दीका समयमा पनि प्रतिहप्ता सात लाखभन्दा बढी नपुगेको तर कोभिड–१९ को कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको र यसको व्यापक विश्वव्यापी असर परेका कारण हालैका केही महीनाहरूमा उच्च रहने गरेको अधिकारीले बताएका छन् । 

लाखौँ उपभोक्ता पहिला झै फेरि यात्रा, किनमेल र कामका लागि पुरानै अवस्थामा फर्किन डराइरहेको पाइएको छ । त्यसैले पनि रोजगारी गुमेकाहरुले बेरोजगार भत्ता माग्नु परेको अधिकारीहरुको भनाइ छ । 

अमेरिकाको श्रम मन्त्रालयले एकै हप्तामा लाखौँ मानिसले बेरोजगारी भत्ता माग्नुले अर्थतन्त्रमा नकारात्मक असर पर्ने संकेत गरेको जानकारी दिएको छ ।

अमेरिकामा अहिलेसम्म बेरोजगार भत्ता माग्नेहरुको संख्या एक करोड ७० लाखभन्दा बढी पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्