ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा ५० हजारभन्दा बढीले भरे आवेदन

२०७७ सावन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साउन १६ गते शुक्रवारदेखि विक्रीमा ल्याएको आईपीओमा पहिलो दिनमै ५० हजार १७३ जनाले आवेदन गरेका छन् ।

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रवार ४ : ३० बजेसम्म ती आवेदकबाट २३ लाख ८१ हजार ३८० कित्ता आईपीओ खरीदको लागि आवेदन परेको हो ।उक्त कम्पनीले सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओमध्ये १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको बाँकी शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।

यस अघिका आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको अवस्था थियो । क्यापिटलले दिएको पहिलो दिनको विवरणलाई आधार मान्दा उक्त कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण कम देखिन्छ ।  आईपीओ विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको छ । 

आईपीओ खरीद गर्न चाहने इच्छुकहरुले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।  आईपीओको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यो पनि हेर्नुस् :
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओ आजदेखि विक्री खुला

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्