ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धादिङ जिल्ला प्रशासनले बन्द गर्‍यो अन्तरजिल्ला जाने पास 

२०७७ सावन, १६  
समाचार
Image Not Found

साउन १६, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा जारी हुने सवारी पासलाई बन्द गरेको छ । 

शुक्रवार सूचना जारी गर्दै काठमाडौंलगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो । 

विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौं प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको संक्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ ।

अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारीसमेत सञ्चालनमा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्