ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट

२०७७ सावन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १६, पेचिङ । चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा अत्यधिक गिरावट आएको छ । 

कृषि तथा ग्रामीण मामिला मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा मूल्य शून्य दशमलव शून्य ५ अंकले तल झरेको छ ।

शुक्रवार दिउसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा शून्य दशमलव ३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २ दशमलव ७ प्रतिशतसम्म मूल्य घटेको छ ।

अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा शून्य दशमलव ७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जानकारी दिएका छन् । 

त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १ दशमलव ७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मूल्यको अवस्था मूल्यांकन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण संकलन गरिएको थियो । विवरण संलकहरुले यस्तो विवरण दैनिक रुपमा संकलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्