ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ

२०७७ सावन, १७  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा शुक्रवार साँझ नागढुंगाबाट  पक्राउ गरेको हो ।

अख्तियारको टोलीले चेकजाँच गर्दा निजको साथबाट नगद रू.१ लख २४ हजार ७५० तथा बैंक डिपोजिट रू.३ लाख २४ हजार ४६ को रसिदहरू गरि जम्मा रू.१४ लाख ४८ हजार ७९६ बरामद भएको बताएको छ ।

त्यो रकम भुक्तानी बापत ठेकेदारसँग घूस लिएको अख्तियारको दाबी छ । घूस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिइ खानतलासी गरेको बताएको छ । 

यता तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले भने प्रशासकीय अधिकृत काठमाडौं जान लागेको आफूलाई थाहा नभएको बताएका छन् । नगदसहित पक्राउ परेको खबर सार्वजनिक आएपछि मात्रै आफूले थाहा पाएको मेयर पाण्डेले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्