ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

२०७७ सावन, १७  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १७, वासिङटन डीटी । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार सो कुराको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाउन पनि सक्छ ।’  

राष्ट्रपति ट्रम्पले भने ‘हामीले यो विषयको तयारी गरेका छौं, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका सक्छौं, हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’ 

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । 

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ राखेका थिए । 

त्यसको करीब महीनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको प्राप्त समाचारमा जानकारी दिइएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्