ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००८६ पुग्यो

२०७७ सावन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । नेपालमा शनिवार थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार रौतहट र कैलाली जिल्लामा ५०० भन्दाबढी  कोरोना संक्रमित रहेका छन् ।उनले मास्कको प्रयोग नगर्ने २ लाख जनालाई हालसम्म कारवाही गरिसकिएको बताए । 

हाल आईसोलेशनमा ५ हजार ३३८ जना  रहेका छन् ।  उनले २४ घण्टामा ९३ जना डिस्चार्ज भएको बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

२४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्