ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ सावन, १७  
प्रदेश ०१
Image Not Found

साउन १७, इलाम । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चालिस जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकोमध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० जना सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए । 

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ । शनिवार संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । 

यसअघि संक्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यो सँगै इलाममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्