ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाटन नगरपालिकाद्वारा कोरोना नियन्त्रणमा खर्च डेढ करोडभन्दा बढी

२०७७ सावन, १७  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, बैतडी  । यस  जिल्लाको पाटन नगरपालिकाले कोराना नियन्त्रणमा रू.१ करोड  ५० लाखभन्दा बढी खर्च गरेको छ । 

पालिकाले गाडी भाडा तथा सवारी साधनमा मात्रै रू.१२ लाख ४८ हजार ४२० खर्च  भएको विवरण सार्वजनिक गरेको छ । नगरपालिकाका सबै वडामा क्वारेन्टाइन व्यवस्थापन, औषधि उपकरण, राहत वितरण र पारिश्रमिक, भत्ता खर्चमा नगरपालिकाले रू.१ करोड ६४ लाख ८३ हजार ६५६ खर्च भएको नगरपालिकाका लेखापाल भवानी भट्टले वताए ।

लकडाउन अवधिभर नगरपालिकाले तीन ओटा सवारीसाधन भाडामा लिएको थियो । ती तीन ओटा साधनको भाडामा मात्र रू.१२ लाखभन्दा खर्च भएको बताइएको छ ।

यसैगरि आईसोलेशन कक्ष निर्माणमा रू.६ लाख, नगर क्वारेन्टाइन व्यवास्थापन तथा खाना भत्तामा रू.२ लाख २४ हजार ९९७, १० ओटै वडाको क्वारेन्टाइन व्यवस्थापन खर्चमा रू.२५ लाख २७ हजार ६३०  खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

अत्यावश्यक औषधि उपकरण लगायत स्वास्थ्य सामग्री खरीदमा रू.३० लाख ६० हजार ८५९, पारिश्रामिक तथा भत्तामा रू.३ लाख ७२ हजार ६७४, भाडाकुँडा र कपडा खरीदमा रू. ९ लाख ६ हजार ७९३, राहात वितरणमा रू.७३ लाख ५० हजार ६४८ खर्च  भएको पालिकाले बताएको छ ।

यसैगरी पम्पलेट छपाई तथा सञ्चारमा मात्र रू.१ लाख ९१ हजार ५६२ खर्च  भएको छ ।
 

प्रतिक्रिया [1]
User Image

Naresh p bhattt

[Aug 4, 2020 02:55pm]

2महीना अझै कौरना को त्रस्त भए पछी 4 करोड हून्छ मियर साब लाई बधाई छ 2 बर्स अझै मोज गर पछी थाहा हुन्ने छ


प्रतिक्रिया दिनुहोस्