ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सल्लाहकारविना देश नचल्ने भो

२०७७ सावन, १८  
१० वर्ष अघि
NA

सल्लाहकारविना अब देश चल्न असम्भव भएको पक्का भएको छ । त्यसैले अहिले जताततै सल्लाहकारहरूको ताँती छ । कोही मन्त्री स्तरका, कोही राज्यमन्त्री स्तरका, कोही सहायक मन्त्रीस्तरका, कोही सचिव स्तरका, नभए अधिकृत स्तरका वा सुब्बा स्तरकै पनि चाहेको तौल र आकारका सल्लाहकारहरू देश चलाउन व्यस्त छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक नियुक्ति पाउने भुरेटाकुरे संस्थानका जीएमसम्मले राखेका सल्लाहकारहरूको गन्ती गर्न सजिलो छैन ।

यो स्वाभाविक पनि हो, एसएलसीका मार्कसिटमा नम्बरको सट्टा आलु फलेपछि देश चलाउने पेसामा लागेका नेताहरूलाई मस्तिष्कको काम गर्न वा यस्तै पेसेवर सल्लाहकार नराखी पदको पर्याप्त लाभ लिन सकिँदैन भन्ने दिव्यज्ञान भने समयमै उदाएको छ । फेरि, बीए, एमए, पीएचडी, आदि के के हो डिग्री लिएकाहरूको सेवा सजिलै भाडामा पाउने भएपछि राजनीति गर्नेहरूले टुप्पी कसेर र घुँडा धसेर पढलेख गर्ने टाउको दुखाइ पनि किन गरिरहनुपर्‍यो र ?

(तीतोमीठोबाट)
वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्