ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

२०७७ सावन, १८  
प्रदेश ०५
NA

दाङ (अस) । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा शुक्रवार साँझ नागढुंगाबाट पक्राउ गरेको हो ।

उनीसँग रू. १ लाख ४० हजार नगद र रू. ८ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले बताएको छ । उनले ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिइ खानतलासी गरेको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले भने प्रशासकीय अधिकृत काठमाडौं जान लागेको आफूलाई थाहा नभएको बताएका छन् । अधिकृत उपाध्यायलाई घुससहित पक्राउ परेको मिडियामा खबर आएपछि मात्रै आफूले थाहा पाएको मेयर पाण्डेले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्