ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि बैंक र एन–क्लाउडबीच सम्झौता

२०७७ सावन, १८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रवर्द्धन गर्न एन–क्लाउड प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् सम्पर्करहित कार्ड र पीओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गरिने छ । परियोजनाको शुरूआत किपु बस सेवा प्रालिसँग हुने बताइएको छ । परियोजा लागू भएपछि यात्रुले बस भाडा कार्डको प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्ने छन् ।

कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा प्रदान गरिएकोे पहिलो प्रयास भएको बैंकले बताएको छ । बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीका लागि अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्