ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसेलद्वारा प्याब्सन र एनप्याब्सनसँग सहकार्य

२०७७ सावन, १८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनसेलले निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)सँग सहकार्य गरेको छ । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरू बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको अवस्थालाई दृष्टिगत गर्दै अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजनासहित सहकार्य गरेको एनसेलले बताएको छ ।

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको बताइएको छ ।

एनसेलको मासिक योजनामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्ने छन् । विद्यार्थीले करबाहेक मासिक रू. २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसप्mट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी–फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्ने बताइएको छ ।

एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पु¥याउने बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्