ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल फाइनान्सले ८ ओटा आर्थिक वर्षको साधारण सभा भदौ ११ मा गर्दै

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपाल फाइनान्स कम्पनीले आठ ओटा आर्थिक वर्षको वार्षिक साधारसभा भदौ ११ गते गर्ने भएको छ । कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले साधारण सभा एल्लो प्यागोडा होटल कान्तिपथ, काठमाडौंमा बिहान ११ बजे आयोजना गरेको छ । सभाले विसं २०७४ फागुन २९ गतेको विशेष साधारण सभाबाट पारीत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कायम चुक्तापूँजीको १ : १.७५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारीत गर्ने रहेको छ । 

साथै उक्त कम्पनीले  सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्ने रहेको छ । 

आव २०६८/ ६९, ०६९ / ७०, २०७० / ७१, २०७१ / ७२, २०७२ / ७३, २०७३ / ७४, २०७४/ ७५ र २०७५ / ७६ का वासालत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विस्तृत विवरणमा छलफल गरी पारीत गर्ने प्रस्ताव छ । 

त्यस्तै आव २०७६/ ७७ को लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । साथै संञ्चालक समितिमा स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको पदमा बाँकी कार्यकालको लागि गरिएको सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने रहेको छ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन २६ गते बन्द रहनेछ । साउन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्