ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बल्ल भयो अजोड इन्स्योरेन्सको दोश्रो बजारमा शेयर कारोबार 

२०७७ सावन, १८  
लगानी
NA
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको सातादिनपछि बल्ल आइतवार भएको छ । 

कम्पनीले साउन १३ गतेदेखि कारोबार शुरु हुने गरि गत साउन १२ गते शेयर नेप्सेमा सूचीकृत गराएको थियो । 

सूचीकृत भई कारोबार खुला भएको चौथो कारोबार दिन आइतवार भने उक्त कम्पनीको प्रि–ओपनिङ सेसनमा कारोबार भएपछि निरन्तर कारोबारका लागि बाटो खुलेको हो । प्रि–ओपनिङ सेसनमा उक्त कम्पनीको रू. २९१ मा १३० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

यस दिन रू. २९१ मा खुला मूल्य रहेको उक्त कम्पनीको शेयरमूल्य अधिकतम रू. ३२० सम्म मूल्य पुगेको छ । ११ : ३१ बजेसम्ममा उक्त कम्पनीको ३ लाख ९१ हजार ९२ कित्ता शेयर खरीदको माग छ भने विक्रीका लागि कुनैपनि आवेदन आएका छैन । कम्पनीको शेयर खरीदका लागि प्रतिकित्ता रू. ३२० सम्मको माग रहेको छ ।

उक्त कम्पनीले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको छ । नेप्सेले पहिलो कारोबारका लागि रू. ८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्