ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साताको पहिलो कारोबार दिन १७.६१ अंक घट्यो शेयर बजार, ३८ करोडभन्दा बढीको कारोबार 

२०७७ सावन, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार एक घण्टामा शेयर बजार १७ दशमलव ६१ अंकले घटेको छ । 

उक्त अवधिसम्म नेप्से परिसूचक १ हजार ४२१ दशमलव ४५ विन्दुमा झरेको हो । आइतवार १ हजार ४११ दशमलव २६ विन्दुबाट शुरु भएको बजार न्यूनतम १ हजार ४१३ दशमलव ९२ विन्दुसम्म झरेको थियो । 

उक्त अवधिसम्म कारोबारमा आएका ११ ओटा समूहमध्ये अन्य समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन एक घण्टाको कारोबारमा सबैभन्दा बढी वाणिज्य बैंकको परिसूचक १ दशमलव ५४ प्रतिशत घटेको हो । 

एक घण्टामा १६७ कम्पनीको ५ हजार ७८३ पटकको व्यापारमा रू. ३८ करोड ६ लाख ३३ हजार बराबरको ९ लाख ११ हजार १०० कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा आइतवार पनि सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त अवधिसम्म उक्त कम्पनीको रू. ७ करोड ३ लाख ३ हजार बराबरको शेयर कारोबार भएको छ ।

घटेको बजारमा तीन ओटा कम्पनीको शेयरमूल्य भने ९ प्रतिशतभन्दा बढीले वृृद्धि भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत र नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत बढेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्