ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनको मूल्य प्रतितोला १ लाखको हाराहारीमा

२०७७ सावन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 साउन १८, काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य आइतवार तोलाको रू.१ लाखको हाराहारीमा पुगेको छ । अघिल्लो दिनको तुलनामा रू.३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ ।

महासंघका अनुसार गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रू. ९९ हजार ३०० रहेको थियो । यसैगरी महासंघले आइतवरका लागि तेजाबी सुनको  मूल्य भने रू.९९ हजार १६० तोकेको छ ।चाँदीको  मूल्य भने आइतवार प्रतितोला रू.१ हजार २३०  मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि  सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् । अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको रुपमा सुनलाई मानिएको कारण पनि सुनको मूल्य बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्