ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५०४ पुग्यो

२०७७ सावन, १८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन  १८, कास्की । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङजामा ८, तनहुँमा २,लमजुङ ३, बाग्लुङ १ र कास्कीमा ६ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए । 

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ५०४ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार २५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 
गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या २२७ रहेको छ ।

प्रदेशमा संक्रमण भएका १ हजार ४३५ जना मध्ये अहिलेसम्म १ हजार ३२५ जना पुरुष र १७८ जना महिला रहेका छन् ।प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३१५ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका ९ ओटा  जिल्लामा १ हजा ५३७ जना क्वारेन्टानइमा रहेका छन् । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्