ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन घण्टाको अवधिमा १ अर्बभन्दा बढीको कारोबार, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी (२ बजेको अपडेट)

२०७७ सावन, १८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । आइतवार तीन घण्टाको अवधिमै शेयर बजारमा रू. १ अर्ब २२ करोड १४ लाख ७९ हजारको कारोबार भएको छ । यस अवधिमा १८६ कम्पनीको १८ हजार ६९६ पटकको व्यापारमा उक्त रकम बराबरको ३१ लाख ६६ हजार २१७ कित्ता शेयर कारोबार भएको हो । 

कुल कारोबारमा सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । आइतवार तीन घण्टाको अवधिमा नेपाल पुनर्बीमा कम्पनीको रू. १८ करोड ४७ लाख १ हजार बराबरको शेयर कारोबार भएको छ ।

यो अवधिमा सबैभन्दा बढी कमाउने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सबैभन्दा बढी गुमाउने हिमालयन उर्जा विकास कम्पनी रहेको छ । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ७ दशमलव ८४ प्रतिशतले घटेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्