ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौथो त्रैमासमा आरएमडीसी लघुवित्तको नाफा २८ करोडभन्दा बढी 

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २८ करोड ५१ लाख ४९ हजार खुद नाफा गरेको छ । 

कम्पनीले साउन १८ गते साउन १८ गते गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले रू. ३२ करोड ९२ लाख १४ हजार खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफामा कमि आएको हो । 

गत आवमा सञ्चालन नाफामा कमि आएसँगै कम्पनीको नाफामा समेत कमि आएको हो । अघिल्लो वर्ष रू. ४८ करोड २५ लाख २६ हजार सञ्चालन नाफा गरेको उक्त कम्पनीले गत वर्ष रू. ४५ करोड ५१ लाख १७ हजार मात्र सञ्चालन नाफा गरेको हो ।

देशमा जारी लकडाउनका कारण गत वर्षको चौथो त्रैमासमा खुद व्याज आम्दानी पनि कम भएको छ । अघिल्लो वर्ष रू. ४८ करोड ५९ लाख ४७ हजार खुद व्याज आम्दानी भएकोमा गत वर्ष रू. ४६ करोड २ लाख ७४ हजार मात्र भएको छ ।

कम्पनीको निष्क्रिय कर्जा अनुपात भने शून्य रहेको छ । गत चौथो त्रैमासमा उक्त कम्पनीले रू. ४ लाख ८६ हजार खराब कर्जा उठाएको छ । यो वर्ष सम्भावित जोखिम शिर्षकमा कुनै पनि रकम छुट्याएको छैन । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ७ अर्ब ६ करोड ६९ लाख ३४ हजार कर्जा सापट लिएको उक्त कम्पनीले रू. ८ अर्ब ६ करोड ८३ लाख ४० हजार कर्जा प्रवाह गरेको छ । हाल रू. ८९ करोड ९३ लाख २३ हजार चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. १  अर्ब ६९ करोड ९९ लाख ६१ हजार रहेको छ । 

गत आवको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ रू. २८९ दशमलव शून्य ३ रहेको छ । यस अवधिसम्म कम्पनीले १४ दशमलव ८९ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्