ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धौलागिरी लघुवित्तले चौथो त्रैमाससम्ममा कमायो ८८ लाखभन्दा बढी नाफा 

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ८८ लाख १९ हजार खुद नाफा गरेको छ । 

यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा रू. ४९ लाख ८ हजार रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कमनपीको नाफामा बृद्धि भएको छ । 

आँधीखोला लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेको उक्त कम्पनीले साउन १८ गते चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । ती दुई कम्पनीबीच गत पुस २ गते मर्जरमा जाने सम्झौता भएको थियो ।

अघिल्लो वर्ष चौथो त्रैमासमा रू. ४० लाख ८९ हजार सञ्चालन घाटामा रहेको उक्त कम्पनीले गत वर्ष उक्त घाटा सुधारेर रू. ८५ लाख ५७  हजार सञ्चालन नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्ष रू. ३ करोड ९ लाख २१ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ९६ लाख ५५ हजार खुद व्याज आम्दानी गरेको छ । कम्पनीले गत चौंथो त्रैमाससम्म रू. ५४ लाख ४२ हजार खराब कर्जा उठाएको छ ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ७ करोड छ भने जगेडा कोषमा रू. ६ करोड ७ लाख ८७ हजार छ । गत वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. १७ करोड ५७ लाख ५८ हजार सापटी लिएको छ । 

रू. ४६ करोड ६ लाख ५६ हजार निक्षेप संकलन गरेको उक्त कम्पनीले रू. ७९ करोड १६ लाख २१ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत चौथो त्रैमाससम्म २ दशमलव २२ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्