ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एप्पल बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी 

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी एप्पल सार्वजनिक रुपमा शेयर कारोबार हुने विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । 

शुक्रवारको कारोबारमा साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोलाई उछिनेर एप्पल विश्वमै सबैभन्दा धेरै बजार पूँजीकरण हुने कम्पनी बनेको हो । 

शुक्रवार शेयर बजार बन्द हुँदा एप्पलको शेयर मूल्य प्रतिकित्ता १० दशमलव ४७ प्रतिशतले बढेर १८ खर्ब ४० करोड डलरमा पुगेको थियो । 

बजार बन्द हुँदा साउदी अराम्कोको शेयर मूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको थियो भने बजार पूँजीकरण १७ खर्ब ६० अर्ब डलरमा आएको थियो । 

चालू आर्थिक वर्षको तेस्रो  त्रैमासमा एप्पलको सुदृढ आर्थिक तथ्यांकले शेयर मूल्यलाई टेवा दिएको हो । यसै बीच कम्पनीले शेयर टुक्र्याउने योजनाको घोषणा गरेको छ । हरेक एक शेयरलाई चार ओटामा विभाजित गर्ने कम्पनीको घोषणा छ । 

मार्चमा महामारीको प्रभावबीच मूल्य न्यून विन्दुमा झरेको एप्पलको शेयरमा अहिले भने सुधार आएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा एप्पलको शेयर मूल्य ४४ प्रतिशतले बढिसकेको छ । 

‘कोभिड–१९ का कारण उत्पन्न अवरोध रहँदारहँदै पनि हरेक सेगमेन्ट र भौगोलिक क्षेत्रमा एप्पलको आम्दानी बढेको छ,’ कम्पनीको आम्दानी विश्लेषकहरुले अनुमान गरेको भन्दा धेरैले बढेकोतर्फ औल्याउँदै एक अनुसन्धान नोटमा मोर्गन स्ट्यान्लीका विश्लेषकहरुले बताए । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्