ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल बैंकर्स संघले भन्यो : सामाजिक सञ्जालमा गरेको अनुरोधका भरमा पैसा स्थानान्तरण नगरौं

२०७७ सावन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपाल बैंकर्स संघले सामाजिक सञ्जाल (सोसियल मिडिया) मार्फत आग्रह गरेको आधारमा मात्र कुनै पनि व्यक्ति तथा कम्पनीको नाममा पैसा स्थानान्तरण (ट्रान्सफर) नगर्न अनुरोध गरेको छ । 

पछिल्लो केही समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली (फेक) अकाउन्ट खोली सहयोग माग्ने क्रियाकलाप बढेकाले यसप्रति बैंकहरुलाई सचेत गर्दै संघले आइतवार एक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । 

संघले जारी गरेको सूचनामा कतिपय अवस्थामा अनधिकृत खाताहरु छुट्टयाउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्ति/ कम्पनीसँग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न र यस विषयमा थपसचेत रहन आवश्यक रहेको उल्लेख छ ।

यससँगै संघले आम सरोकारवालाहरुले आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरणहरु आदिसमेत कसैसँग सेयर नगर्न पनि भनेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्