ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट विश्वभरीमा ६ लाख ८९ हजारको मुत्यु (अपडेट)

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, पेचिङ । कोरोना भाइरस संक्रमणका कारण आइतवार दिउँसोसम्म ६ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएकोे छ ।

अधिकारीहरुले आइतवार दिएको जानकारी अनुसार हालसम्म विश्वभरीमा कोरानाका कारण मृत्यु हुनेको संख्या ६ लाख ८९ हजार ७० पुगेको छ । 

त्यसैगरी कुल संक्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । 

सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । 

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना संक्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । 

भारतीय उत्तर प्रदेशमा मन्त्रीको मृत्यु
भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित भएका छन् । यो सँगै कुल संक्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्