ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट ५७ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या २०३३२ पुग्यो

२०७७ सावन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपालमा आइतवार थप २४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । उनका अनुसार नेपालमा हालसम्म संक्रमित मध्ये ७२ दशमलव ८ प्रतिशत निको घएर घर फर्किएको बताए ।

उनले कारोना संक्रमण हुँदैमा कसैले पनि डराउनु पर्दैन भने । उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै आईसोलेशनमा बसेर पनि कोरोनालाई परास्त गर्न सकिने पनि बताए ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल आईसोलेशनमा ५ हजार ६७२ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा १० हजार ९३४ जना रहेका छन् ।

त्यस्तै कुल डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । यसैगरी आइतवार थप १११ जना डिस्चार्ज भई घर फर्किएका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ३ लाख ९१ हजार २७० पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
 

१४ दिन आईसोलेशनमा बसेको व्यक्ति वा अस्पतालबाट डिस्चार्ज भएर आएको व्यक्तिले थप सर्तकता अपनाउँदा समुदायस्तरमा कोरोना नसर्ने पनि उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्