ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टिकटक किन्ने माइक्रोसफ्टको योजना थाँती बस्यो 

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बुहराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सको शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय किन्ने वार्ता थाँती बसेको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै खरीद वार्ता अलमलमा परेको हो । टिकटकमाथि कठोर व्यवहार गरिने ट्रम्पले चेतावनी दिएका छन् । 

पछिल्लो समय अमेरिकामा टिकटकको लोकप्रियता बढेको छ । विशेषगरी युवा वर्गमा यसको प्रयोग बढेको छ । तर चीन सरकारले एपलाई अमेरिकीहरुको जासुसीको काममा प्रयोग गर्न सक्ने अमेरिकाले बताउँदै आएको छ । 

प्रतिबन्ध तत्कालै लाग्ने संकेत नरहेको भएपनि उनको बोलीले एपमाथिको अनिश्चय थप बढाएको छ । ‘ट्रम्पको अभिव्यक्ति आउनु अघि भने सोमवारसम्म खरीद सम्झौता हुन सक्ने विश्वास गरिएको थियो ।’ वाल स्ट्रिट जर्नलले अज्ञात स्रोतहरुर्ला उद्धृत गर्दै समाचारमा भनेको छ । 

टिकटकले हालै मात्रै अमेरिकामा आगामी तीन वर्षभित्र १० हजार कर्मचारी थप्ने घोषणा गरेको थियो । यस अघि भने बाइटडान्सले एपको अमेरिकी सञ्चालन बेच्नु पर्ने शर्त ट्रम्पले राख्न सक्ने भन्दै समाचारहरु सार्वजनिक भएका थिए । 

तर सबैको अनुमानलाई गलत साबित गर्दै ट्रम्पले शुक्रवार कार्यकारी आदेशमार्फत टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पकोे सो घोषणाको अमेरिकी प्रविधि कम्पनीहरुले आलोचना गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्