ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूरोजोनको जीडीपीमा अहिलेसम्मकै ठूलो संकुचन 

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, ब्रसेल्स (बेल्जियम) । यूरोजोनको अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो संकुचन देखिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लागू गरिएको कठोर उपायहरुका कारण यस वर्षको दोस्रो त्रैमासमा अर्थतन्त्रमा कीर्तिमानी संकुचन देखिएको हो । 

यूरोस्ट्याटले शुक्रवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र १२ दशमलव १ प्रतिशतले खुम्चिएको छ । यो सन् १९९५ मा तथ्यांक राख्न थालेयताकै उच्च संकुचन हो । 

समीक्षा अवधिमा यूरोजोनको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मन १० दशमलव १ प्रतिशतले खुम्चिएको छ । इटली, फ्रान्स र स्पेनी अर्थतन्त्रमा पनि क्रमशः १२ दशमलव ४ प्रतिशत र १३ दशमलव ८ प्रतिशत र १८ दशमलव ५ प्रतिशतले संकुचित भएको थियो । 

पहिलो त्रैमासमा भने यूरो अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले खुम्चिएको थियो । त्यतिबेला स्पेन, इटली र फ्रान्सको अर्थतन्त्रमा ५ प्रतिशत भन्दा धेरैको कमी आएको थियो । 

विगत केही महीनामा यूरोजोनका केही अर्थतन्त्र सामान्य अवस्थामा आएको भएपनि विद्यमान र भविष्यमा बल्झिन सक्ने सम्भावित संक्रमणका कारण आर्थिक पुनर्बहाली पीडादायक हुने क्यापिटल इकोनोमिक्सका प्रमुख यूरोपेली अर्थशास्त्री एन्ड्रिूउ केनिङघमले बताए । 

यस वर्ष यूरो अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले खुम्चिने प्रक्षेपण यूरोपेली केन्द्रीय बैंक ‘ईसीबी’ले जुनमै गरेको थिए । यस वर्षको पहिलो अर्धवार्षिक अवधिको तुलनामा तेस्रो त्रैमासमा भने आर्थिक गतिविधिमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउने अपेक्षा ईसीबीको छ । 

कोरोना भाइरसको संक्रमण धेरै नै बढ्यो भने पनि पहिला जस्तै गरी पूर्ण रुपमा अर्थतन्त्र बन्द नगर्ने धेरै देशले बताएका छन् । यद्यपि, दोस्रो चरणको संक्रमण टार्न सामाजिक दूरीसम्बन्धी नियमका साथै भेटघाटमा अतिरिक्त एवम् कठोर खालको उपायहरु अपनाइने अधिकारीहरुले बताएका छन् । 

दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्र २ दशलमव ९ प्रतिशतको कीर्तिमानी कमी आएको गत हप्ता बिहीवार सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्