ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घूस लिएको अभियोगमा लेखा अधिकृतविरुद्ध मुद्दा  दायर    

२०७७ सावन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     

अख्तियारले उनलाई रू.६५ हजार घूस लिएको अभियोगमा मुद्दा दायर गरेको हो । इटहरी उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग घूस माग गरेको आरोप छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्