ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन ओटा सरकारी बैंक निजी कम्पनीलाई बेच्न भारत सरकारलाई सुझाव

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, नयाँ दिल्ली (भारत) । भारत सरकारको स्वामित्वमा रहेका तीन ओटा सरकारी बैंक निजी कम्पनीहरुलाई बेच्न सुझाव दिइएको छ । 

सरकारी बौद्धिक समूह नीति आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो । बैंकिङ क्षेत्रमा निजीकरणलाई बढावा दिन, सरकारी संयन्त्रको प्रभावकारीता सुधार्न आयोगले पञ्जाब एण्ड सिन्ध बैंक, यूसीओ बैंक र बैंक अफ महाराष्ट्रलाई निजी क्षेत्रलाई बेच्न भनिएको हो । 

आयोगले इण्डिया पोष्टलाई क्षेत्रीय ग्रामीण बैंकमा गाभ्न भनेको छ । यो मर्जर पछि इन्डिया पोष्टका १५ लाख हुलाक कार्यालय बैंक शाखामा परिणत हुनेछन् । यो मर्जरपछि बन्ने बैंक एसबीआईपछि दोस्रो ठूलो बैंक सञ्जाल हुनेछ । यद्यपि, सरकारी बैंकलाई निजी बैंकलाई बेच्नु त्यति सहज भने छैन । 

यसमा अनेक कानूनी अवरोधहरु छन् । यसका लागि शुरुमा बैंकिङ कम्पनी ऐनमा ठूलै संसोधन गर्नु आवश्यक छ । आयोगले तथ्यांक जवाफदेहिता एवम् पारदर्शिता ऐन को कार्यान्वयन तीव्र बढाउन समेत सुझाएको छ ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्