ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महामारीमा पनि नेपालको अर्थतन्त्र उकालो लाग्नु सुखद पक्ष :  उर्जामन्त्री        

२०७७ सावन, १८  
समाचार
Image Not Found

साउन १८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताएका छन् ।

 मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आव २०७६/ ७७ मा २ दशमलव २८ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धि भएको बताए । संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ रहेको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ ओटा मुलुकमध्ये नेपाल पनि एक भएको जानकारी दिए । ठूला अर्थतन्त्र भएका अमेरिका, यूरोजोन तथा छिमेकी मुलुक ऋणात्मक अर्थतन्त्रको सिकार भएका बेलामा नेपालमा आर्थिक वृद्धि हुनु चानचुने नभएको उनको भनाइ छ ।     
     
‘कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ ओटा मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतवार मन्त्री पुनले भने, ‘यस्तो अवस्थामा पनि ३ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलता हो  ।’  
     
मन्त्री पुनले कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालयअन्तर्गत ठूला जलविद्युत् र सिंचाइ आयोजनाका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गरे ।

उनले लकडाउन अवधिभर ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत् आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिंचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गरे । 

मन्त्रिपरिषद्ले आफ्नै प्रस्तावमा जलविद्युतसहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माण कार्य अगाडि बढाएको मन्त्री पुनले बताए । सोही कारण आव २०७६/ ७७ मा मन्त्रालयको वित्तीय प्रगति ७२ दशमलव ९१ तथा भौतिक प्रगति ७४ दशमलव ३२ प्रतिशत भएको उनले बताए ।  मन्त्री पुनले राष्ट्रिय संकटको अवस्थामा समेत धेरै उत्कृष्ट काम गर्न मन्त्रालय सक्षम भएको उल्लेख गरे ।     

उनले प्रदेश–२, वाग्मती, गण्डकी र प्रदेश–५ यसै आवमा र कर्णाली र सुदूरपश्चिम आगामी आवभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने जानकारी दिए । मन्त्री पुनले कुनै पनि बहानामा विकास आयोजनाका काम रोक्न नहुन भन्दै व्यावहारिक, कानूनी, नीतिगत वा जनस्तरबाट आउने समस्याका कारण परियोजनामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिए ।

राजनीतिक नेतृत्वलाई समयमै समस्याबारे जानकारी नहुँदा ढिलाइ हुनेमात्र नभई आयोजनाको लागतसमेत बढ्ने मन्त्री पुनको भनाइ थियो ।     
     
मन्त्री पुनले सरकारले विसं २०८५ ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै सो अवधिमा जसरी पनि नेपालको कुल जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट बनाउनै पर्ने दृढता व्यक्त गरे ।

लगानीकर्ता आकर्षित गर्ने, उनीहरुलाई सहुलियत दिनेदेखि नीतिगत सुधारका काम गर्नुपर्ने भए अहिल्यै भन्न र आवश्यक तयारी गर्न मन्त्री पुनले आग्रह गरे । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्