ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा १९ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५२४ पुग्यो

२०७७ सावन, १८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, कास्की । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । 

निर्देशनालयले आइतवार बिहान जारी गरेको सूचनामा २० जना संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा आइतवार मात्र ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमित हुनेहरुमा तनहुँका २, गोरखाका २, बाग्लुङका २, नवलपरासी पूर्वका ९ र कास्कीका ४ जना रहेका छन् । 

कोरोना संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । 

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ५२४ पुगेको छ । प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३०४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेशनमा रहेकाको संख्या २२७ जना रहेको छ । 

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बागलुङका १, गोरखाका १, स्याङ्जाको वालिङका १ र आँधिखोला गाउँपालिकाका १ जना पुरुषको रहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्