ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश २ को ६ जिल्लामा निषेधाज्ञा जारी

२०७७ सावन, १८  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, जनकपुरधाम । समुदायस्तरमा कारोना भाइरसको संक्रमण भेटिएपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला र भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।

सप्तरीको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्ने तयारी अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमवार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । 

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको उनले बताए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ’ तीव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ ओटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडिको कदम चलाइनेछ ।’

‘ट्राभल हिस्ट्रि’ नभएका र संक्रमितको सम्पर्कमा नआएका केही व्यक्तिमा संक्रमित देखिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘अहिले देखिएका नयाँ संक्रमितहरुको ट्राभल हिस्ट्रि छैन, संक्रमितको सम्पर्कमा पनि आएको छैनन्, तर शंका लागेर चेक जाँच गर्दा कोरोना संक्रमण देखिएको हो ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्