ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७.५९ अंक बढ्दा नेप्से १ हजार ४०० विन्दु माथि, कारोबार रकम १ अर्बभन्दा बढी

२०७७ सावन, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । नेप्से परिसूचक सोमवार ७ दशमलव ५० अंकले बढेर १ हजार ४०३ दशमलव ८६ विन्दुमा पुगेको छ । आइतवार ४२ दशमलव ७८ अंक घटेर १ हजार ३९६ दशमलव २८ विन्दुमा बन्द भएको बजार सोमवार भने बढेर बन्द भएको छ । 

सोमवार नेप्सेमा रू. १ अर्ब २९ करोड २ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम भने आइतवारको तुलनामा कम भएको हो । आइतवार रू. १ अर्ब ८४ करोड १२ लाख ४२ हजार बराबरको शेयर कारोबार भएको थियो ।

आइतवार १८९ ओटा कम्पनीको शेयर कारोबार भएको थियो भने सोमवार १९० ओटा कम्पनीको शेयर कारोबार भएको छ ।कुल कारोबार रकममा सबैभन्दा बढी हिस्सा सोमवार प्रभु बैंकको संस्थापक शेयरले ओगटेको छ । उक्त कम्पनीको यो दिन रू. ३४ करोड २९ लाख ६० हजार बराबरको संस्थापक शेयरको कारोबार भएको हो । 

यस दिन सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । उक्त कम्पनीको रू. १० करोड ४ लाख १७ हजार बराबरको शेयर कारोबार भएको छ ।

आइतवारदेखि निरन्तर कारोबारमा सहभागी भएको अजोड इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको छ । त्यस्तै आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९२ प्रतिशत र नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ४६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य दिव्यश्वरी हाइड्रोको घटेको छ ।

उक्त कम्पनीको शेयरमूल्य ६ दशमलव ९० प्रतिशत घटेको छ । यस कम्पनीले सोमवार गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी बढी भएको विवरण सार्वजनिक भएपछि उक्त कम्पनीको शेयर कारोबारमा विक्री चाप देखिएको हो ।

सोमवार १ हजार ३९५ दशमलव शून्य ८ विन्दुबाट सुरु भएको कारोबार १ हजार ४११ दशमलव १९ विन्दुसम्म पुगेको थियो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४७ अंक बढेर २९४ दशमलव २४ विन्दुमा पुगेको छ ।
 

धितोपत्रको दोस्रो बजारमा माग र आपुर्तिको सञ्तुलन बनाईराख्न रू. ५ अर्ब पूँजी भएको नागरिक स्टक डिलरलाई पहिलो चरणमा बोर्डले अनुमति दिएको खवर वाहिरीएसँगै लगानीकर्ताको मनोबल बढेको हो । बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको हो । 

यस दिन कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् समूहको शून्य दशमलव ३७ प्रतिशत, वित्त समूहको शून्य दशमलव १३ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ५६ प्रतिशत घटेको छ । 

यो दिन बैंकिङ समूहको शून्य दशमलव ५९ प्रतिशत, व्यापार समूहको १ दशमलव १३ प्रतिशत, होटल समूहको २ दशमलव २२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६६ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७ प्रतिशत परिसूचक बढेको छ । यस दिन सबैभन्दा बढी होटल समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्