ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५ ओटा म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि

२०७७ सावन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । असार मसान्तसम्ममा सूचीकृत १५ ओटा म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको छ । 

ती योजनाहरुले शेयर बजारमा गरेको लगानीको बजार मूल्य बढेसँगै प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको हो । असार मसान्तसम्ममा १५ओटा योजनाले वित्तीय विवरण प्रकाशित गरेका छन् ।

सबैभन्दा बढी प्रतिइकाई खुद सम्पत्तिको मूल्य एनआईसि एशिया ग्रोथ फण्डको रू. ११ दशमलव ७५ पुगेको छ  । यो मूल्य जेठ मसान्त सम्ममा रू. १० दशमलव ८१ थियो । उक्त योजनाले असार मसान्त सम्ममा रू. १४ करोड ५१ लाख नाफा कमाएको हो । 

जेठ मसान्तसम्मको तुलनामा ११८ दशमलव ५५ प्रतिशत वृद्धि भएको हो । यस योजनाले असार महिनामा शेयर बजारमा गरेको लगानीको बजार मूल्यमा वृद्धि भएकाले नाफा सँगै प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको हो ।

१५ ओटामध्ये १३ ओटा योजनाको नाफा बढेको छ भने दुई योजना नोक्सानीमा रहेका छन् । ग्लोबल आइएमई समुन्नत– १ र लक्ष्मी इक्विटी फण्ड  नोक्सानीमा रहेका छन् । असार मसान्तसम्ममा ग्लोबल आईएमई समुन्नत– १ले रू. २ करोड ५१ लाख नोक्सानी व्यहोरेको छ । 

जेठ मसान्तसम्मको तुलनामा असार मसान्तमा भने नोक्सानी कम भएको छ । जेठ मसान्तसम्ममा उक्त योजना रू. १८ करोड ५ लाख नोक्सानीमा थियो । त्यसैगरी लक्ष्मी इक्विटी फण्डले असार मसान्तसम्ममा रू. ३ करोड ४२ लाख नोक्सानी व्यहोरेको छ । 

असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा सानिमा इक्विटी फण्डको वृद्धि भएको छ । उक्त योजनाको नाफा जेठ मसान्तको तुलनामा १६ दशमलव ७३ गुणाले वृद्धि भएको छ । जेठ

मसान्तमसान्तसम्म उक्त योजनाले रू. १ करोड ५ लाख नाफा गरेकोमा असार मसान्तमा रू. १७ करोड ६५ लाख पुगेको छ । असार मसान्तसम्ममा उक्त योजनाको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्