ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या २१००९ पुग्यो

२०७७ सावन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । नेपालमा मंगलवार थप २५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । उनले कोरोना संक्रमणबाट ७७ वर्षीय एक जना पुरूषको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको बताए । उनले भने, ‘उपत्यका भित्रिने १० हजार ८५३ को नमूना संकलन गर्दा त्यस मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  हाल आईसोलेशनमा ५ हजार ९२५ जना रहेका छन् भने क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन् । नेपालमा कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत निको भएको पनि उनले बताए ।

कुल डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ भने मंगलवारमात्रै  थप ६५ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ४ लाख ६ हजार ५९४ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्