ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जोन्टा क्लब काठमाडौंद्वारा डिजिटल प्यानल सेशन आयोजना

२०७७ सावन, २१  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । जोन्टा क्लब काठमाडौंले महिलाविरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरूलाई दृष्टिगत गर्दै डिजिटल प्यानल शेसन आयोजना गरेको छ । ‘बन्द ढोका पछाडि ः कोभिड–१९ को समयमा घरेलु हिंसाको सत्यता’ शीर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको हो ।

लकडाउनको दौरान महिलाविरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने उद्देश्य अनुसार सेशन आयोजना गरिएको जोन्टाको भनाइ छ ।

लकडाउन भएपछि महिलाविरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरू ४० प्रतिशतले वृद्धि भएको जोन्टाको भनाइ छ । संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रूपमा मानिएको छ, महिलाहरू आप्mनो घरभित्र अपराधीहरूसँग फसेका छन् र उनीहरूसँग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।’

यूएनको महिलाविरुद्ध हुने सबै प्रकारको विभेद अन्मुलन महासन्धी समितिकी उपाध्यक्ष तथा यस प्यानलकी वक्ता बन्दना राणाले भनिन्, ‘कोभिड–१९ महामारीले विश्वव्यापी रूपमा विनाश ल्याएको छ । साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले ‘छायाँ महामारी’ घोषणा गरेको छ ।’ छायाँ महामारीले कोभिड–१९ को बीच बढेका घरेलु हिंसालाई जनाउने उनको भनाइ छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले शारीरिक र मानसिक रूपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरूको आवभगत गर्न सेशन आयोजना गरेको बताइन् । लकडाउनका कारण अपराधीहरूसँग महिलाहरू फसेको उनको टिप्पणी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्