ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१३७८.२२ विन्दुमा नेप्से, कारोबार रकम ६९ करोड (२ बजेको अपडेट)

२०७७ सावन, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, काठमाडौं । आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ३ दशमलव २५ अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको बजार  कारोबारको यस अवधिमा शून्य दशमलव २३ प्रतिशत घटेर १ हजार ३७८ दशमलव २२ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ ओटा समूहको परिसूचक घटेको छ । तीन घण्टाको अवधिमा १८४ ओटा कम्पनीको रू. ६९ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४६७ मा कारोबार भइरहेको छ ।  

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५६८ मा रू. ६ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्