ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

११.३० अंक बढ्यो शेयर बजार, ९७ करोडभन्दा बढीको कारोबार* 

२०७७ सावन, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११ दशमलव ३० अंकले उकालो लागेको छ । शून्य दशमलव ८२ प्रतिशत बढेर शेयर बजार १ हजार ३९२ दशमलव ६८ विन्दुमा पुगेको हो ।

गत साता एक दिन मात्र बढेर निरन्तर घटेको बजार यो साता भने पहिलो दिनमै बढेको छ । आइतवार अघिको कारोबार दिन बिहीवार शेयर बजार १ हजार ३८१ दशमलव ३७ विन्दुमा बन्द भएको थियो ।

आइतवार १ हजार ३८३ दशमलव ९९ विन्दुदेखि खुलेको बजार १ हजार ३६३ दशमलव २१ विन्दुसम्म घटेको थियो । आइतवार नेप्सेले ११ बजेर २७ मिनेटमा न्यून विन्दु कायम गरेको थियो । आइतवार बढेको बजारमा रू. ९७ करोड ७८ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ ।

१८७ ओटा कम्पनीको ३० हजार २०० पटकको व्यापारमा उक्त रकम बराबरको ३२ लाख १२ हजार ३७९ कित्ता शेयर कारोबार भएको हो । यस दिन कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा अजोड इन्स्योरेन्सले ओगटेको छ ।

अजोडको यस दिन रू. ९ करोड २१ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । विगत लामो समयदेखि सर्वाधिक कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनी भने आइतवार दोस्रो नम्वरमा परेको छ ।

उक्त कम्पनीको आइतवार रू. ८ करोड ९१ लाख १४ हजार बराबरको शेयर कारोबार भएको हो ।कारोबारमा आएका १२ ओटा समूहहरुमध्ये होटल समूहको वाहेक अन्यको परिसूचक बढेको छ । यस दिन होटलको परिसूचक १ दशमलव ८ प्रतिशत घटेको हो ।

सबैभन्दा बढी म्युचुअल फण्ड समूहको २ दशमलव शून्य २ र निर्जीवन बीमा समूहको १ दशमलव ६४ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै जीवन बीमाको १ दशमलव ५६ प्रतिशत, व्यापारिकको १ दशमलव ४३ प्रतिशत , वित्तको १ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव २ प्रतिशत, बैंकिङको शून्य दशमलव ६७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ ।

 सर्वाधिक रकमको शेयर कारोबार गर्ने अजोड इन्स्योरेन्सकोनै सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यस दिन उक्त कम्पनीको प्रतिकित्ता रू. ४२ अर्थात ९ दशमलव ८८ प्रतिशतले शेयरमूल्य बढेको हो ।

उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. ४६७ कायम भएको छ । यो दिन साधना लघुवित्त शेयरमूल्य सर्बाधिक बढ्नेमा दोस्रो नम्बरमा रहेको छ । साधना लघुवित्तको आइतवार दोस्रो कारोबार दिन रहेको छ ।

उक्त कम्पनीको शेयर कारोबार गत बिहीवारदेखि शुरु भएको हो । साधनाको शेयरमूल्य आइतवार प्रतिकित्ता रू. ३९ ले बृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता रू. ४३६ कायम भएको छ । यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्ने कम्पनी गणपति माइक्रोफाइनान्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१ ले घटेको हो ।

आइतवार गणपतिको अन्तिम शेयरमूल्य रू. ७७५ कायम भएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४६ अंक बढेर २९१ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

कम्पनीहरुले गत आवको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम बढी रहेको छ । कोरोना संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा असर पर्ने आशंका लगानीकर्ताहरुले गरेका थिए ।

तर वित्तीय विवरण सार्वजनिक गर्ने धेरै जसो कम्पनीहरुले राम्रो नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस आधारमा पनि अन्य कम्पनीहरुको नाफा राम्रै आउने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरणले कम्पनीको प्रतिफलको लगभग यथार्थ चित्रण गर्ने हुदाँ पनि लगानीकर्ताहरु चौथो त्रैमासको वित्तीय विवरणप्रति गम्भिर भएको बताउँछन् ।

*आइतवार ९७ करोडभन्दा बढीको कारोबार हुनु पर्नेमा नेप्सेका गलत डाटा इन्ट्रिका कारण पुन : अद्यावधिक गरिएको

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्