ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागरिक लगानी कोषको नाफामा १७ % वृद्धि

२०७७ सावन, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, काठमाडौं । नागरिक लगानी कोषले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । 

वित्तीय विवरण अनुसार कोषको नाफा १७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ करोड २३ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा रू. ५४ करोड २६ लाख पुगेको हो ।

गत आवको चौथो त्रैमासमा कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिशन आम्दानी  र लाभांश आम्दानी बढेपछि नाफामा वृद्धि भएको हो । 

कोषको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड छ भने जगेडा कोषमा रू. ७ अर्ब ६८ करोज सञ्चित गरेको छ । कोषको प्रतिशेयर आम्दानी अघिल्लो आवको चौथो त्रैमासको भन्दा गत आवको चौथो त्रैमासमा घटेको छ । 

अघिल्लो आवको चौथो त्रैमासमा रू.४२ रहेकोमा गत आवको सोही अवधिमा रू. ३३ मा सिमित भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्