ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकको निर्देशन : घरबाटै वा आलोपालो गरेर बैंक तथा वित्तीय संस्था चलाउनू

२०७७ सावन, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा  वित्तीय संस्थाहरुलाई कर्मचारीलाई फेरि घरबाटै वा आलोपालो गरेर काम गर्न तथा गराउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइतवार सूचना जारी गर्दै कोरोना महामारीको जोखिम काठमाडौं उपत्यका तथा अन्य स्थानका बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीलाई सम्भव भएसम्म घरबाटै  वा आलोपालो कार्यालयमा काम गराउन निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि भनेको छ । सूचनामा योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन पनि भनिएको छ ।

विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत  विभिन्न उपायहरु सरकारले अवलम्वन गरेको भन्दै केन्द्रीय बैंकले विशेष परिस्थितिलाई मध्यनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि भनेको छ ।

त्यसैगरी प्रदेश तहमा सञ्चालन भएका  बैंक तथा वित्तीय संस्थाका शाखाहरुको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि भनिएको छ । 

लकडाउनको कारणले सञ्चालन हुन नसकेको शाखाको विवरण नियमित रुपमा राष्ट्र बैंकमा उपलब्ध गराउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि सूचनामा भनिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्