ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घट्यो साउदी अराम्कोको मुनाफा

२०७७ सावन, २५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २५, रियाद (साउदी अरेबिया) । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोको मुनाफामा उच्च कमी आएको छ । 

कोरोना महामारीको संकटबीच विश्व बजारमा इन्धनको मागमा आएको कमी र तेलको न्यून मूल्यका कारण साउदीको निर्यात घटेसँगै मुनाफा प्रभावित भएको हो । मुनाफा घटेको भएपनि यस वर्ष लाभांशको रुपमा ७५ अर्ब डलर वितरण गर्ने योजना भने कम्पनीले यथावत् राखेको छ । 

यस वर्षको दोस्रो त्रैमासमा अराम्कोको खुद मुनाफा २४ अर्ब ६० करोड रियाल (६ अर्ब ५७ करोड डलर) रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७३ दशमलव ४ प्रतिशत कम हो । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीको खुद मुनाफा ९२ अर्ब ६० करोड रियाल रहेको थियो । 

गत त्रैमासको खुद मुनाफा विश्लेषकहरुले अनुमान गरेको भन्दा निकै कम हो । सो अवधिमा कम्पनीको मुनाफा ३१ अर्ब ३० करोड रियाल रहने बताइएको थियो । 

यद्यपि, अराम्कोको खुद मुनाफा विश्वका अन्य ऊर्जा कम्पनीको तुलनामा निकै राम्रो हो । अप्रिल–जुन त्रैमासमा तेलको उद्योगको आधुनिक इतिहासमै सबैभन्दा खराब रहेको र यस्तो अवस्थामा स्वस्थ्य तथ्यांक कायम गर्नु नै निकै सकारात्मक भएको अल रज्ही क्यापिटलका अनुसन्धान प्रमखु मजेन अल–सुदाइरीले बताए । 

आइतवार बिहानी कारोबारमा अराम्कोको शेयर मूल्य करीब शून्य दशमलव ४ प्रतिशतले बढेको थियो । अराम्को अहिले अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलपछि बजार पूँजीकरणको आधारमा विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । 

यस वर्षको लागि लाभांशका रुपमा छुट्टयाएको रकममध्ये दोस्रो त्रैमासमा कम्पनीले १८ अर्ब ७५ करोड लाभांश वितरण गर्ने भएको छ । घाटा बेहोरेपछि बीपी र रोयल डच शेलले भने दोस्रो त्रैमासको लाभांश वितरणमा कटौती गरेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्