ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१०१ ओटा सैनिक सामग्रीको आयातमा रोक लगाउँदै भारत 

२०७७ सावन, २५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २५, नयाँ दिल्ली (भारत) । भारतले १०१ ओटा सैनिक सामग्रीको आयातमा रोक लगाउने भएको छ । घरेलुस्तरमा प्रतिरक्षात्मक उपकरणको उत्पादन बढाउने प्रयासस्वरुप यस्तो गर्न लागिएको रक्षा मन्त्री राजनाथ सिंहले आइतवार बताएका हुन् । 

प्रतिरक्षा उपकरणमा आत्मनिर्भर बन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहपछि यस्तो कदम चालिएको हो । प्रतिबन्धित सामग्रीको सूचीमा प्रविधिका हतियार प्रणाली आर्टिलरी बन्दुक, सोनार प्रणाली, हल्का लडाकू विमान आदि रहेको सिंहले बताएका छन् । रक्षा मन्त्रालयले चालू आर्थिक वर्षको लागि पूँजीगत खरीद बजेट घरेलु र विदेशी खरीद मार्ग गरी विभाजित गरेको छ । 

भारत विश्वको शीर्ष हातहतियार आयातकर्ता मध्ये एक हो । सीमामा भारतीय र चिनियाँ सैनिकबीच जुनमा झडप भएयता भारतले सैनिक सामग्रीको आयात तीव्र पारेको थियो । जुलाईमा मात्रै भारतले रुससँग ३३ ओटा लडाकु जेट किनेको थियो भने ५९ ओटा अन्य विमानलाई लडाकू विमानमा स्तरोन्नति गरेको थियो । 

पश्चिमको हिमालयको विवादित क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएयता भारत र चीनबीचको तनाव उत्कर्षमा पुगेको छ । भारतसँग लडाकु विमान, हेलिकप्टर लगायत सामग्रीको अभाव रहेको सैनिक विज्ञहरुले बताउँदै आएका छन् । 

पछिल्लो प्रतिबन्ध सन् २०२० देखि सन् २०२४ को बीचमा आयात गर्ने योजना बनाइएको निर्धारित सामग्रीमा रहने आइतवार एक पछि अर्को ट्विट गर्दै सिंहले बताएका छन् । भारतले परम्परागत रुपमा रुससँग सैनिक सामग्री किन्ने गरेको थियो । 

तर पछिल्लो समय अहिले अमेरिका र इजरायलबाट यस्ता सामानको खरीद बढाएको छ । सन् २०१५ को अप्रिलदेखि सन् २०२० को अगष्टको बीचमा भारतले ३५ अर्ब रुपया बराबरको हाततियार किनेको थियो । आगामी पाँच देखि सात वर्षमा घरेलु उद्योगहरुलाई करीब ४० खर्ब रुपया बराबरको अर्डर दिने सरकारी अनुमान छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्